आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, कात्तिक६ । पछिल्ला २४ घण्टामा नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार ४ सय ४५ पीसीआर र ८ सय ५ एन्टीजेन परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ५९ जना कोरोना मुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ सय ९६ रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी एकैदिनमा कोरोनाविरुद्धको खोप ८ हजार ४० जनाले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्