बरौलामा एक्सरे सेवा शुभारम्भ



प्युठान,कात्तिक २१ । ऐरावती गाउँपालिका वडा नं २ मा रहेको बरौला स्वास्थ्य चौकीमा एक्सरे सेवा शुभारम्भ गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले एक्सरे सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष शाहले यस क्षेत्रका बिरामीहरुलाई एक्सरे सेवा लिनका लागि सहज हुने बताए । यहि सेवा लिनैका लागि विजुवार,वुटवल जानुपथ्र्यो, अध्यक्ष शाहले बताए ,“अब अन्य क्षेत्रमा जानुपर्ने बाध्यता हटेको छ । ”

बरौला स्वास्थ्य चौकीमा भिडियो एक्सरे,ल्याब सेवा, ईसिजी,एमरजेन्सी सेवा सञ्चालनमा छ । बिगत २ वर्षदेखी यस स्वास्थ्य संस्थामा मेडिकल अधिकृत डाक्टर समेत राखेर बिरामीहरुको सेवा दिईरहेको अध्यक्ष शाहले बताए । यस ठाउँमा १५ सैयाको अस्पताल निर्माणका लागि टेण्डर प्रक्रिया अगाडी बढिरहेको समेत उनले बताए  ।

बरौला स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडा अध्यक्ष भिमेस कुमार घर्तीमगरको अध्यक्षतामा भएको एक्सरे सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, बरौला स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत डा. अमित पाण्डे, विभिन्न वडाका वडा अध्यक्ष, पालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठ, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्य चौकी व्यवस्थापन तथा संचालन समितिका पदाधिकारी लगाएतको उपस्थितीे रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्