५० हजार नाघ्यो डेंगु संक्रमितको संख्या



काठमाडौं,कात्तिक २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म डेंगु संक्रमणबाट ५५ जनाले ज्यान गुमाएका छन् । साथै अहिलेसम्म ५० हजार २६३ जनामा डेंगु पुष्टि भएको छ ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा ३९ हजार २१७ जना संक्रमित, लुम्बिनी प्रदेशमा ४ हजार ८२७ र प्रदेश १ मा एक हजार ९३३ रहेका छन् ।

सबैभन्दा कम संक्रमित भएको भनिएको कर्णाली प्रदेशमा संक्रमितको संख्या ६७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्