कर्णाली राजमार्ग सञ्चालनमा आयो



जुम्ला,कात्तिक २६ । कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द कर्णाली राजमार्ग सञ्चालनमा आएको हो ।

तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर आउँदै गरेको कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु भएपछि आफन्तले गत बिहीबारदेखि सडक ठप्प पारेका थिए ।

मृतककोपरीवारलाई सरकारी मापदण्डअनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्