सुदुरको भुकम्पको पिडामा अर्बपति चौधरीको मजाक टिप्पणाी
काठमाडौं,कात्तिक २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी १ बाट प्रतिनिधिसभा उम्मेदवार विनोद चौधरीले सुदुरपश्चिम केहि दिन देखि गइरहेको लगातार भुकम्प धक्कालाई लिएर मजाकको टिप्पणी गरेका छन् ।
उनले रुटिन अफ नेपाल बन्दको पेजमा कमेन्ट गर्दै मंसिरमा “ब्रेक अफ हुने भए पछि यसै हो यो लभ जोडि छुटाउने काम गरेको कात्तिक भरी यसै हो आइरहन्छ भूकम्प त” भनी लेखेका छन् । उक्त कमेन्ट गरेको केही मिनेट नहुदैं रिप्लाइमा उनको विरोध हुन थालेपछि उक्त कमेन्ट उनले डिलिट गरेका छन् ।
सदुरपश्चिममा कात्तिक २६ गते राति ८.१२ तिर बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.१ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा फेरि ७ घर भत्काएको छ । बुधबार डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।

