नुवाकोट दुप्चेश्वरमा आमाछोरीको विभत्स हत्या



नुवाकोट,कात्तिक २८ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा आमाछोरीको विभत्स हत्या भएको छ । हत्या भएको आमा २० वर्षीय सम्झना खतिवडा र छोरी २ वर्षीय कृष्टिना खतिवडा रहेका छन् ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ (साविक ३ भगेरी) का आमाछोरीको हत्या भएको स्थानीयले बताएका छन् । घरमा आमाछोरी मात्र भएको समयमा हत्या भएको र हत्याराको खोजी भैरहेको स्थानीय राजकुमार श्रेष्ठले बताए । हत्याराको पहिचान समेत भैसकेको श्रेष्ठले बताए ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्