डलरको मूल्य बढ्यो, यस्तो छ आजको भाउ



काठमाडौं,मंसिर १ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार आज मूल्य बढेको हो । 

आज १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ७८ पैसा छ भने विक्रीदर १३० रूपैयाँ ३८ पैसा छ । बुधवार १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ४६ पैसा र विक्रीदर १३० रूपैयाँ ०६ पैसा थियो ।  

आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज युरोको भाउ ५८ पैसाले बढेको छ । आज प्रतियुरो खरिददर १३५ रूपैयाँ २८ पैसा र विक्रीदर १३५ रूपैयाँ ९१ पैसा छ । अघिल्लो दिन युरोको खरिददर १३४ रूपैयाँ ७० पैसा र विक्रीदर १३५ रूपैयाँ ५३ पैसा थियो । 

आज पाउण्ड स्टर्लिङको भाउ १ रुपैयाँ ३५ पैसाले बढेको छ । आज प्रतिपाउण्ड स्टर्लिङको खरिददर १५४ रूपैयाँ ५४ पैसा र विक्रीदर १५५ रूपैयाँ २६ पैसा छ ।

अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरिददर १५३ रूपैयाँ १९ पैसा र विक्रीदर १५३ रूपैयाँ ९० पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्