नुवाकोट क्षेत्र नं २ : गठबन्धनका केसी ढुक्क, एमालेका खतिवडा दबाबमा



नुवाकोट,मंसिर १ । यही मङ्सिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास रहेको छ ।

निर्वाचनको प्रतिस्पर्धामा जित र हारको आलोपालो नतिजा व्यहोर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केसी यस पटक नतिजा आफ्नो पक्षमा आउने पालो पर्खेका मात्रै छैनन जीवनको अन्तिम पटकको चुनावी यात्रा भन्दै सुखद् नतिजाको पर्खाइमा रहेका छन् । त्यसका लागि सत्तारुढ दलबीचको गठबन्धनको साथ र सुधारिएको पार्टीको सङ्गठन बलियो आधार भएको उनि दाबी गर्छन् ।

“मेरो प्रतिस्पर्धी कोही छ जस्तो लाग्दैन”, उम्मेदवार केसीले दाबीका साथ भने, “पार्टीगत प्रतिस्पर्धाका लागि तयार भएको व्यक्ति हुँ, संविधानको रक्षा र नेपाली नागरिकको मौलिक हक सुनिश्चित गर्न सत्तारुढ दलहरुबीचको गठबन्धनसहितको साझा उम्मेदवारसमेत भएकाले जितभन्दा पनि मतान्तर फराकिलो बनाउने कसरतमा छु ।”

यसअघिको निर्वाचन २०७४ मा करिब १० हजार मतले केसीलाई पराजित गरेर विजयी भएका नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा यस पटक पनि नतिजा आफ्नै पक्षमा आउने दाबी गर्छन् । “निर्वाचित भएको पाँच वर्षको अवधिमा जनताको विश्वास र मतको दुरुपयोग हुन दिइनँ”, उम्मेदवार खतिवडाले भने, “भूकम्पपछिको पुनःनिर्माण, कोरोनाकालको समयमा त्रिशूली अस्पतालमा आरटी–पिसीआर प्रयोगशालासहित देशभरकै उत्कृष्ट बनाउन पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थाले नागरिकको स्वास्थ्यमा सुधार, कृषिका लागि जोन, पकेट र ब्लक कार्यक्रमको विस्तार लगायतमा गरेको सेवा मेरो जितको आधार हो ।”राससका रामहरि न्यौपानेको सहयोगमा

प्रतिक्रिया दिनुहोस्