काङ्ग्रेसले माओवादीलाई भोट दिदैनन भनेर भ्रम फैलायो-उम्मेदवार तामाङ



नुवाकोट,मङ्सिर १ । नेकपा (माओवादी केन्द्र) नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का संघीय उम्मेदवार हितबहादुर तामाङले काङ्ग्रेसले माओवादीलाई भोट दिदैनन भनेर भ्रम फैलाएको बताएका छन् ।

बिहीबार जिल्लाको सदरमुकाममा भएको एक कार्यक्रममा मन्तव्यको क्रममा काङ्ग्रेस र माओवादी एकजुट भएर अगाडि बढिरहेको बेला यदाकदा काङ्ग्रेसले माओवादीलाई भोट दिदैनन भनी अफवाह फैलाएको बताएका हुन् ।

‘केहि धनाढ्य र भूइंबुट्टाले गठबन्धनको जीतलाई नजर अन्दाजको भरमा भ्रम फैलाएको छन्’ – उम्मेदवार तामाङले भने- ‘काङ्ग्रेस स्वाभिमानी इतिहासलाई हेर्दा समेत त्यस्तो धोका नहुने मैले अपेक्षा राखेको छु।’

प्रतिक्रिया दिनुहोस्