नुवाकोट शिवपुरीमा आइचर दुर्घटना हुँदा तीनजना घाइते



नुवाकोट,मंसिर १ । जिल्लाको शिवपुरी गाउँपालिकामा आइचर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बिहीबार साँझ स्थानीयको खेतबाट धान तथा पराल लिएर जादै गरेको बा ५ ख ७५८३ नम्बरको आइचर गाडी शिवपुरी जेब्राङ स्कुल नजिकै पल्टिँएको राजु लामाले बताए ।

दुर्घटनामा घाइते दावाछिरिङ लामा, चतुर लामा र ठुलीमाया लामाको शिवपुरीस्थित पालिका अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्