नेपालमा ५१ हजार डेंगु संक्रमित, ५७ जनाको मृत्यु



काठमाडौं, मंसिर २ । पछिल्लो समय डेंगु संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ ।

गत साउनदेखि फैलिएको डेंगुबाट हालसम्म ५१ हजार १ सय ७७ जना प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेंगुका कारण ५७ जनाको निधन भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्