आरोप पुष्टि गर्न एमाले अध्यक्ष निरौलाको चुनौती, लेखे यस्तो स्टाटस



काठमाडौँ,मंसिर २ । आफू माथि लागेको गम्भीर आरोपबारे काठमाडौँको निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेशसभा उम्मेद्वार एवं वाग्मती प्रदेशका एमाले अध्यक्ष दिपक निरौलाले चुनौती दिएका छन् ।

उनले सामाजिक सञ्चाल फेसबुकमा क्यान्सर रोगबाट लामो समयदेखि बिरामी परेर थपिएका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाएको बताएका छन् । उनले आफूमाथि अनावश्यक आरोप लगाउनेहरुलाई आरोप प्रमाणित गर्न खुला चुनौती दिएका छन् ।

उनले आफू राजनीतिक मान्छे भएकाले गैरराजनीतिक कार्य कहिल्यै नगर्ने दाबी गरे । उनले आरोप लगाउनेहरुलाई सप्रमाण पुष्टि गर्न खुला चुनौती दिएका छन् ।  आफूमाथि अनावश्यक आरोप लगाई समाजलाई आतंकित नपार्न पनि उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्