सुन तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी कति ?



काठमाडौं,मंसिर ६ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघलृे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्