एमाले अध्यक्ष ओलीको अग्रता कायमै
काठमाडाैं,मंसिर ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् । झापा–५ मा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएकाे ओलीले आफ्नो अग्रता कायम राखेका हुन ।
ओलीले प्रतिस्पर्धी कांग्रेसका डा खगेन्द्र अधिकारीलाई ६ हजार ५ सय ५५ मतले पछि पारेका हुन् ।
ओलीले १५ हजार ५ सय १० मत पाउँदा अधिकारीले ८ हजार ९ सय ५५ मत पाएका छन् ।

