सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौ,मंसिर ७ । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

मंगलबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधवारका लागि चाँदीको भाउ १ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन भने १ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्