नुवाकोट क्षेत्र नम्बर १ अपडेट: नेकपा एमाले १३९४ मतले अगाडि



नुवाकोट,मंसिर ७ । जिल्लाको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य मत गणना जारी छ ।

पछिल्लो अपडेट अनुसार नेकपा एमाले १३९४ मत मतान्तरले अगाडि बढेको छ ।

प्राप्त तथ्यांकअनुसार ककनी, लिखु र सुर्यगढी गाउँपालिका वडा नम्बर १,२,३ को मत गणना सम्पन्न भैसकेको छ ।

जसअनुसार नेकपा एमालेले ९४६८ मत, नेकपा (माओवादी केन्द्र) हसिया-हथौड़ाले ८०७४ मत प्राप्त गरेको बताइएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र न. १ को प्रदेश (ख) को पछिल्लो नतिजा सार्वजनिक भएको छ । कुल १७,३३३ मतगणनामा नेकपा एमालेका पूर्णलाल श्रेष्ठको ६,८४८ मत, नेपाली काङ्ग्रेसका रमेशकुमार महतको ६,७०९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिमल थापाको १,५५१ मत रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका पूर्णलाल श्रेष्ठले १३९ मत हासिल गर्दै अगाडि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्