नुवाकोट निर्वाचन क्षेत्र १ मतगणना: भद्रुटारसम्मको मतगणना सकियो, एमालेको अग्रता कायमै



नुवाकोट,मंसिर ८ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मतगणना जारी छ ।

ककनी,लिखु,सुर्यगढी र पञ्चकन्या १,२ र ५ वडा सम्मको मतगणना सकिएको छ ।

मत परिणाम अनुसार नेकपा एमालेका बद्री मैनाली १२२७८ मत प्राप्त गरी अगाडि रहेका छन ।

त्यस्तै माओवादी केन्द्रका हितबहादुर तामाङले ११२८८ मत प्राप्त गरेका छन् ।

मैनाली र तामाङ बीच ९९० मतान्तर रहेको छ ।

त्यस्तै प्रतिनिधि सभा अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ को पछिल्लो मतगणना प्राप्त भएको छ ।

प्राप्त मतगणना अनुसार गठबन्धनका उम्मेदवारको ११८८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीको ८२३४ मत र नेकपा एमालेको ६३२७ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्