नुवाकोट १ को प्रदेश २ मा काङ्ग्रेस नेता महत विजयी



नुवाकोट,मंसिर ८ । नुवाकोटमा सत्ता गठबन्धनका उम्मेदवारहरुले दोश्रो जित हात पारेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् । उनले एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ ले हराए ।

यस अघि नुवाकोट क्षेत्र नं. २ को १ मा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना प्रदेश सभामा एमालेलाई हराउदै विजयी भइसकेका छन् ।

महत नेपाली काँग्रेस नुवाकोटका सभापति समेत हुन् । महतले १३ हजार ७२७ मत ल्याएका छन् भने उनका निकटम एमालेका श्रेष्ठले ११ हजार ८३१ मत पाए ।

यसै बीच एमालेका श्रेष्ठले महतको भावी राजनीतिको सफलताको कामना गरेका छन् । श्रेष्ठले भनेका छन् – ‘नुवाकोट क्षेत्र नं १ प्रदेश २ (ख) को निर्वाचन परिणाम पनि भर्खरै सार्वजनिक भएको छ । चुनाव हो, हारजित अबश्य हुन्छ । लोकतन्त्रको यो सुन्दर पक्षलाई स्विकार गर्दै बिजयी हुनुहुने मित्र रमेश महतलाई (गठबन्धन) म हार्दिक बधाई दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्