१०० क्षेत्रको नतिजा सार्वजनिक : कसले कति सिट जिते ? कसको कति ठाउँमा अग्रता ?



काठमाडौं,मंसिर ९ । प्रतिनिधिसभाका १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ३६ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । एमाले भने २२ निर्वाचन क्षेत्रमा विजयी हुँदै दोस्रोमा छ ।  

यस्तै, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ९–९ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीले २–२ निर्वाचन क्षेत्रमा विजयी भएका छन् । 

यसैगरी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समान १ सिट जितेका छन् ।  

कांग्रेसले मतगणना जारी रहेका ६२ क्षेत्रमध्ये १८ स्थानमा अग्रता बनाएको छ । यस्तै, एमालेले २५, माओवादी केन्द्रले ७, जसपाले ४, राप्रपा र लोसपाले २–२, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले १–१ निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्