नुवाकोट क्षेत्र नम्बर १ मतगणना: गठबन्धनका हितबहादुर तामाङ ७३८ मतले अगाडि



नुवाकोट,मंसिर ९ । नुवाकोट क्षेत्र नम्बर १ को मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनका हितबहादुर तामाङ अगाडि छन् ।

जिल्लाको तादी गाउँपालिका १,२,३,४ को मतगणनामा गठबन्धनका नेता तामाङ नेकपा एमाले भन्दा ७३८ मतले अगाडि छन् ।

तादी गाउँपालिकाको १ देखि ४ वडा सम्म गणना गर्दा नेकपा एमालेले क्रमशः ५४६,५३०,५८६,४७१ र नेकपा (माओवादी केन्द्र) ले क्रमशः ८२०,६५२,६६१,४९६ मत हासिल गरेका छन् ।

वडागत सो मतसंगै नेकपा एमालेलाई कुल मत १९३०१ र नेकपा (माओवादी केन्द्र) लाई २००३९ मत प्राप्त भएको छ । मतगणना हुन तादी ५,६ र दुप्चेश्वर बाकि रहेको छ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) को पकड क्षेत्र मानिदै आएको उक्त क्षेत्रमा थप मत बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्