नुवाकोट क्षेत्र नम्बर १ मतगणना: हितबहादुर तामाङ १३८७ मतले अगाडि



नुवाकोट,मंसिर ९ । जिल्लाको क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार माओवादी केन्द्रका हितबहादुर तामाङले १३८७ मतले प्रतिस्पर्धीलाई उछिनेका छन् ।

साझापथलाई प्राप्त पछिल्लो मत अनुसार दुप्चेश्वर गाउँपालिका १ नम्बर वडा गणनामा गठबन्धनका तामाङलाई १०६३ मत प्राप्त भएको छ भने एमालेका बद्री मैनालीले ३९६ मत पाएका छन् ।

मतगणनामा हितबहादुर तामाङले कुल २१८९८ मत र एमालेका बद्री मैनालीले २०५१५ मत हासिल गरेका छन् । नेकपा (माओवादी केन्द्र) को गढ क्षेत्र मानिएको दुप्चेश्वरमा थप मत प्राप्त हुने गठबन्धनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्