सिरहा ३ बाट एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित,प्रतिनिधि सभामा दोस्रो पटक प्रवेश



सिराहा,मंसिर ९ । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवारलाई हराएर विजयी भएका छन् । श्रेष्ठले २८ हजार ६४ मत पाएर विजयी हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साहलाई साहले २६ हजार ८८२ मत प्राप्त गरेका थिए । श्रेष्ठलाई भने उपेन्द्र यादव नेतत्वको जनता समाजवादी पार्टीको समर्थन रहेको थियो । श्रेष्ठको प्रतिनिधि सभामा यो दोस्रो जित हो ।

उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानून मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्