रुपन्देही देवदहमा औद्योगिक ब्यापार मेला हुने



रुपन्देही,पुस ४ । रुपन्देहीको देवदहमा सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। उद्योग व्यापार संघ देवदहको आयोजनामा यहि माघ २७ गतेदेखि फागुन १० सम्म महोत्सव हुन लागेको हो।

उद्योग व्यापार संघ देवदहले सहिद स्मृति प्रतिष्ठानको सभाहलमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक मेघराज ढकालले महोत्सवको महत्व, उद्देश्य, प्रदर्शनीका मुख्य मुख्य आकर्षण तथा समावेश गरिने कार्यक्रमबारे जानकारी गराउनुभयो।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य तथा संस्थाका संस्थापक अध्यक्ष गोविन्द बहादुर ठडराईले आफुहरुले सुरुवाती दिनबाटै युवाहरुलाई उद्यमी बनाउने दिशामा महोत्सवलाई केन्द्रित गर्ने प्रयास गरेको बताउनुभयो।

५० रुपैयाँ प्रवेश शुल्क रहने महोत्सवमा टिकट बिक्रीको केही अंश पर्यटन प्रवर्द्धनमा लगानी गर्ने संस्थाका महासचिव थानेश्वर लम्सालले जानकारी दिनुभयो। स्थानिय कृषिका उत्पादनका लागि निशुल्क स्टल उपलब्ध गराईने उहाले बताउनुभयो।

महोत्सवमा राष्ट्रिय तथा अन्तरास्ट्रिय वस्तु तथा सेवाको प्रदशनी, स्थानिय बस्तु तथा सेवाको प्रदशनि, पर्यटन प्रवद्द्न,कृषि सम्बन्धि गोष्ठी, सम्पुर्ण मनोरञ्जन सहितको उत्कृष्ट बाल उद्यान, स्थानिय तथा ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति तथा हास्य व्यंग्य कार्यक्रम, अन्तर विद्यालय नृत्य प्रतियोगिता, विभिन्न जात जातिका सास्कृतिक प्रस्तुति आदि मेलाको आकर्षण रहेको आयोजकले जनाएको छ। त्यस्तै फेसन शो, डान्सिङ्ग, कबड्डी, कुस्ती लगायतका प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्