नुवाकोट चापबोट नजिकै भीरबाट गाडी खस्यो

नुवाकोट,पुस ६ । जिल्लाको छहरे-टोखा सडकखण्ड अन्तर्गत चापको बोट नजिकै भीरबाट गाडी खसेको छ ।
गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको गुर्जे अस्थायी प्रहरी पोस्टले जनाएको छ ।
बा १३ च ६७७५ नम्बरको बोलेरो गाडी दुर्घटना ग्रस्त भएको हो । दुर्घटनामा घाइते चालक काभ्रे भुम्लु गाउँपालिका १ घर भएका सुबास रिजाल रहेको बुझिएको छ ।
प्रहरी र स्थानीयले घाइते चालकको उद्धार गरि उपचारार्थ काठमाडौ पठाइएको छ । गाडी निकाल्न भने समय लाग्ने प्रहरीले बताएको छ ।