नुवाकोट थान्सिङमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते, फरार मोटरसाइकल भेटिएन



नुवाकोट, पुस ६ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।

स्थानीय सुबास बिकको ३० महिने छोरा बुद्ध बिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका हुन ।

बालकलाई ठक्कर दिने मोटरसाइकलको खोजी भैरहेको र नम्बर प्लेट पत्ता लागिसकेको थान्सिङस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक रामबहादुर घिसिङले बताए ।

घाइते बालकको काठमाडौस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको स्थानीय युवा नवराज थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्