विभागको कारबाहीमा परे ४ हजार बढी सवारीधनी, साढे तीन लाख जरिवाना

काठमाडौं,पुस ६ । यातायात व्यवस्था विभागले ४ हजार बढी सवारी धनीलाई कारबाही गरेको छ । विभागले नियमित अनुगमनका क्रममा चालु आर्थिक वर्ष २०७९/८० मंसिर मसान्तसम्ममा ४ हजार ६५ सवारी धनीलाई कारबाही गरेको हो ।
विभागले यसरी कारबाही गर्नेक्रममा नियम उल्लघ्ङ्न गरे बापत सवारी चालक अनुमति पत्र १०१ तथा सवारी दर्ता किताब (ब्लू बुक) सवारी इजाजत पत्र ३५५ वटा नियन्त्रमा लिएको थियो ।
नियम उल्लघ्ङ्न गर्ने सवारी धनी तथा सवारी चालकबाट ३ लाख ४८ हजार ७५० रुपैयाँ जरिवना असुल गरेको विभाग प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए ।उनका अनुसार सो रकम नेपाल सरकारको राजश्व खातामा दाखिला गरिएको छ ।
विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४ तथा नियमावली, २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि २०६० (संशोधित) व्यवस्था बमोजिम विभागले ट्राफिक नियमको पालना भए/नभएको नियमित अनुगमन गर्दै आएको छ ।
उक्त व्यवस्थाहरुको कार्यान्वयनका लागि देशव्यापी रुपमा नियमित रुपमा सवारी अनुगमन कार्य वर्षभरी संचालन गर्ने गरि विभागले वार्षिक कार्ययोजनामा समावेश गरिएको जनाएको छ ।