आज थुनामुक्त हुँदै चार्ल्स शोभराज, यस्तो छ तयारी



काठमाडौं, पुस ७ । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज थुनामुक्त गरिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियोे ।

कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु हुने केन्द्रीय कारागार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्