फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,पुस ७ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।

बुधवार १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १ हजार रुपैयाँ कायम भएको छ।

साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ४०५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार बुधवार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्