बागमती प्रदेशसभा सदस्यहरुको शपथ पुस १४ गते

काठमाडौं,पुस ८ । बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण यही पुस १४ गते हुने भएको छ ।
प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।
प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडामा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ ।
बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम गर्ने निर्णय गरेको छ । जेष्ठ सदस्यको शपथ पश्चात अरु १०९ जना सांसदहरुलाई शपथ ग्रहण गराइने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।