मेयर रेनु दाहाल द्वारा निर्माणधिन खानेपानी आयोजनाको निरीक्षण



चितवन,पुस ८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको रामनगर क्षेत्र र ठिमुरामा निर्माणधिन अवस्थामा रहेको खानेपानी आयोजनाको शुक्रबार अनुगमन एवम् निरीक्षण गरेकी छिन ।

भरतपुर महानगरपालिका वडा नम्बर–१ मा अवस्थित ढयाङ्ग्रे खोलामा निर्माणधिन खानेपानी आयोजना र ठिमुरामा भइरहेको डिप बरिङ्ग हाल्ने कामको निरीक्षण गरेकी हुन । मेयर दाहालले खानेपानी आयोजनाको प्रगतीबारे स्थलगत अवलोकन गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेकी हुन ।

करिब २ महिनाअघिदेखि रामनगरबासीलाई लक्ष्तित गरी ढयाङ्ग्रे खोलामा निर्माण भएको १ लाख लिटर क्षमताको रिर्जभ ट्याङ्कीको काम सकिएको छ । अब पम्प मार्फत मुहानदेखि ओभर हेड ट्याङकीसम्म पाईप पुराउने काम बाँकी रहेको छ । ठेकेदारका अनुसार अबको एक महिनाभित्र यो कामले पुर्णता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्