नुवाकोट र रसुवाको सङ्गम बेत्रावती उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो



तस्बिर सौजन्य: नवदीप श्रेष्ठ

विदुर,पुस ८ । नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा शुक्रबार पौष कृष्ण औँसीका दिन श्राद्ध गर्न आएकाहरुको घुइँचो लागेको छ ।

कोरोना लगायतका कारणले विगतका वर्षमा श्रद्धालुको सङ्ख्या कमी भए पनि यो पटक भने श्राद्ध गर्नेको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो ।

परलोक भएका आफ्ना बाबु–आमा तथा आफन्तको नाममा शुक्रबार बिहानैदेखि हजाराैं भक्तजनले नदी किनारमा श्राद्ध गरेका थिए ।

वर्षेनी हजारौं भक्तजनले मृत्यु भएका आफ्ना बाबु–आमा तथा आफन्तको नाममा श्राद्ध, दान, तर्पण गर्दछन्। पितृको नाममा श्राद्ध गर्ने भक्तजनहरू वर्षेनी बढ्दै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्