नुवाकोटको माझिटारमा टिप्परको ठक्करबाट कुमालको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

नुवाकोट,पुस १० । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा टिफरको ठक्कर बाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुने मोटरसाइकलमा सवार स्थानीय वर्ष ३१ का दिपक कुमाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते कुमालको जिल्लास्थित त्रिशुली अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ ।
दुर्घटना पश्चात् दोषी लाई कारवाहिको माग गर्दै स्थानियले पिपलटार देखि बट्टार जाने सडक अबरुद्ध गरेका छन। दुर्घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।