राष्ट्रपतिसमक्ष प्रचण्डले पेश गरे प्रधानमन्त्रीमा दाबी

काठमाडौं,पुस १० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
दाहालले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । दाहाललाई १६६ सांसदको समर्थन रहेको छ ।
सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ रहेको छ । शितलनिवासमा स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहपनि पुगेका छन् ।