प्रचण्डले भोलि नै शपथ ग्रहण गर्दै

काठमाडौं,पुस १० । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचन्ड’ ले सोमबार (पुष ११ गते) प्रधानमन्त्री पदका लागि सपथ ग्रहण गर्ने भएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिको निवासमा बसेको नयाँ सरकार गठनका लागि विभिन्न दलहरुबीचको छलफलमा प्रचन्डलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवासंग कुरा नमिलेपछि बालकोट पुगेका प्रचण्ड लगायतको दलहरु एमालेसंग छलफलमा जुटेको हो । नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको थियो ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमत पार्टीका अध्यक्ष रिके राउतको संयुक्त बैठक बसिरहेको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।