राष्ट्रपतिमा पोखरेल र सभामुखमा नेम्वाङ !

काठमाडौं,पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।
नेकपा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउतसहितको दलले नयाँ सरकारले बनाउन लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा प्रमुख दल बाँडफाँटबारे समेत सैद्धान्तिक सहमति जुटेको छ ।
राष्ट्रपति एमालेले लिनेछ । प्रधानमन्त्री आलोपालोको सहमति भएको बताइएको छ। सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएका हुन् । सहमपति पछि यति बेला को राष्ट्रपति बन्ने र कसलाई सभामुखमा बन्ने विषयमा चर्चा चुलिएको छ । राष्ट्रपति नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चर्चा रहेको छ । एमालेले पार्टीका नेता ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने चर्चा चुलिएको हो ।
सभामुखमा भने अनुभवी नेता तथा कानुनका ज्ञाता सुवास नेम्वाङको चर्चा रहेको छ । नेम्वाङ यसअघि पनि दुईओटा संविधान सभामा सभामुखको भूमिका निर्वाह छन् ।