पुष्पकमल दाहाल तेस्रो पटक नेपालको प्रधानमन्त्री पदमा नियुक्त

काठमाडौं,पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा नेपालको संबिधान बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री नियुक्तीका लागी दाबी पेश गरेका थिए ।
प्रतिनिधसभा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको बर्तमान संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन पुष १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएका थिए । प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिएका छन् ।
