शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज बौडेश्वर महादेव उपभोक्ता समितिको अध्यक्षमा गणेश बिडारी



काठमाडौं,पुस ११ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बौडेश्वर महादेव उपभोक्ता समितिको अध्यक्षमा गणेश बिडारी निर्वाचित भएका छन् ।

सोमबार भएको मतदानमा बिडारीले कुल मत २४५ मतमा २३५ मत हासिल गर्दै विजयी भएका हुन ।

कुल ३५ वटा समूह रहेको उपभोक्ता समितिमा बिडारीको जीतसंगै किसानका समस्या तथा मध्यवर्ती क्षेत्रका समस्या समाधान हुने अपेक्षा स्थानीय नागरिकले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्