प्रधानमन्त्रीद्वारा ८ सदस्यीय मन्त्रिपरिषद् गठन : अर्थमा पौडेल, गृहमा लामिछाने



काठमाडौं,पुस १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री दाहालले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।

उपप्रधानमन्त्रीसहित नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने गृहमन्त्री बनेका छन् ।

मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरूको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमवार नै शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्