निर्मला पन्तलाई न्यायको पहलका लागि फाइल तयार गर्न गृहमन्त्री लामिछानेको निर्देशन



काठमाडौं,पुस १२। नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिएका छन् ।

पदभार ग्रहण गर्न सोमवार सिंहदरवार पुगेका उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव सिंहलाई निर्देशन दिएका हुन् । ‘निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्नुहोला,’ उनले भने । साथै उनले उक्त फाइलबारे अहिलेसम्मको अपडेट पनि मागेका छन् । 

उपप्रधान तथा गृहमन्त्री लामिछानेले सोमवार शपथग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्