नुवाकोट थान्सिङबाट दुई युवती बेपत्ता

नुवाकोट,पुस १२ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोकबाट दुई युवती बेपत्ता भएका छन् ।
एक अपरिचित महिलासंग स्थानीय छहरे बजार निस्किएका युवती बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा महेन्द्रमहेशदेव माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सीता अधिकारी र अस्मिता बिष्ट रहेका छन् । बेपत्ता युवती दुबैको विद्यालयमा दोस्रो परीक्षा चलिरहेको समेत अस्मिताकी आमा सीता बिष्टले बताइन् ।
तर परीक्षाको समेत प्रवाह नगरी उनीहरु बेपत्ता भएका हुन । उनीहरुको साथ लाग्ने एक अपरिचित महिला भने सोमबार भट्टथोकमा देखा परेकी थिइन । सामाजिक संजाल मार्फत चिनजानको दिदी बताउने दुबै स्थानीय बजार सम्म पुराउन गएका थिए ।
हराउने युवती दुबैले कपाल कोरेको तर नबाटेको अवस्थामा छोडेको, एक कालो वर्णको, अर्की सेतो वर्णको, दुबैले पाइन्ट लगाएको हुलिया रहेको परिवारजनले बताएका छन् ।
प्रहरीले गुर्जे नाका र छहरेमा रहेको सीसीटिभी फुटेजबाट अनुसन्धान गरिरहेको छहरे अस्थायी प्रहरी पोस्टका असई रामबहादुर घिसिङले बताए ।