४८ घण्टाभित्र नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन



काठमाडौं,पुस १२ । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकारमा सोमबार मात्र मन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो कार्यलाई द्रुत रुपमा अगाडि बढाएका छन् ।

गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न भनेको हो ।

उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीले निजी सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्