कांग्रेसको केन्द्रीय समिति बैठक पुस २२ गते बस्ने



काठमाडौं,पुस १२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यहि पुस २२ गते बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्