प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे



काठमाडौं, पुस १३ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नै निजी निवास खुमलटारमा बस्दै आएका प्रधानमन्त्री दाहाल बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् ।

बालुवाटारको सरकारी निवासको चाबी सरकारी अधिकारीहरुले प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्