माओवादी भित्र मन्त्रीको सरगर्मी बढदैं, सुदुरपश्चिमबाट जगत पार्कीको पल्ला भारी



काठमाडौं,पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकार खडा भइ सकेको छ । सरकारमा जान तमतयार दलहरु आफ्ना मन्त्रीहरु छनोट गर्ने तिव्रता बढाइरहेका छन् ।

सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा पिछडिएका मधेस र सुदूरपश्चिमको प्रतिनिधित्व गराउनुपर्ने, महिला, दलित, आदिवासी अल्पसंख्यकलाई मन्त्रीमण्डलमा सहभागी गराउनैपर्ने अवस्था छ । नेकपा एमालेले सुदुरपश्चिमबाट दामोदर भण्डारीलाई मन्त्रालय दिइ सके पछि माओवादी केन्द्रले कस्लाई मन्त्रालय दिन्छ भन्ने कुराले माहोल तताएको छ ।

माओवादीलाई सुदुरपश्चिमबाट संघीय निर्वाचनमा एक सिट पनि प्राप्त नभएपछि भुगोलको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा रहेका तीनजना सांसदमध्ये एकजनालाई मन्त्रिपरिषदमा सहभागी गराउनुपर्ने हुन्छ ।

माओवादीका तर्फबाट अहिले जगत पार्की, तारामान स्वाँर र हरिराम चौधरी राष्ट्रिय सभा सदस्य रहेका छन् । तीन सांसदमा जगत पार्कीको नाम चौतर्फी चर्चामा रहेको छ । उनी सर्वाहार, श्रमजिबि जनता र श्रममा विश्वास गर्ने न्याय पार्दशिक, शुशासन र विकासमाका लागि लड्ने सक्षम नेताका रुपमा परिचित छन् त्यसैले पनि पार्कीको पल्ला भारी भएको बुझाइ रहेको छ ।

लामो समयदेखि जनतासँग घुलमिल तथा स्थानियको धरातल बुझेका पार्की जनताका विश्वासिला पात्र समेत हुन । दलित समुदाय तथा सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीबाहेकका ८ वटा जिल्ला इन्चार्ज र जिल्ला समन्वय समिति संयोजकहरुले समेत पार्कीलाई नै मन्त्री बनाउन सम्भावना बढेको हो ।

माओवादीका तर्फबाट पार्कीबाहेक दलित समुदायबाट अरु मन्त्री बन्ने अवस्था नरहेकोले उनलाई मन्त्री बनाउनुपर्ने माग बलियो भएको हो । परिस्थितिमा एकातिर भूगोल र अर्कोतर्फ दलित समुदायबाट समेत प्रतिनिधित्वि हुने भएकोले पार्कीलाई मन्त्री आवाजहरु उठि रहेका छन् । संगठनात्मकरुपमा बलियो पकड भएका पार्की पार्टीको केन्द्रीय सदस्य र प्रस्तावित पोलिटब्यूरो सदस्य समेत हुन् ।

हालै सम्पन्न संघीय र प्रदेश निर्वाचनमासमेत सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई प्रदेशसभामा विजयी गराउन पार्कीले महत्वपूर्ण भूमिका निभाएका थिए। पार्की संगठनात्मकरूपमा बलियो पकड भएका नेता समेत हुन्।

प्रतिक्रिया दिनुहोस्