एक वर्षभित्र १० लाख पर्यटक भित्र्याउने दाबी



काठमाडाैं,पुस १६ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्ष भित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन् ।

सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाइ थियो ।

पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्