प्रचण्ड नेतृत्वको सरकार लामो समय टिक्दैनः प्रकाशशरण महत

लमजुङ,पुस १६ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको बर्तमान सरकारको आयु लामो नरहेको दावी गरेका छन् ।
शनिबार एकता तथा मेलमिलाप दिवसको अवसरमा लमजुङमा आयोजित कार्यकममा बोल्दै अवसरको लागि मात्र अहिलेको गठबन्धन बनेकाले यो लामो समय टिक्न नसक्ने ठोकुवा गरे ।
गठबन्धनको निरन्तरताको शुभकामना दिँदै नेता महतले वार्ता टोलीमा बसेका साथीहरूले प्रचण्डको वैकल्पिक सोँचका साथ अन्य पार्टीसँग समानान्तर वार्ताको समयमै यकिन मूल्यांकन गर्न नसक्दा गठबन्धन टुटेको प्रष्ट्याए।
नेपाली कांग्रेस पार्टी सरकारमा नगएको अवस्थाले नेपाली कांग्रेसका आम कार्यकर्ताहरूमा निरासाजस्तो देखिएपनि पार्टीलाई मजवुतका साथ संगठन, विचार र नीति केन्द्रित गरी अघि बढ्ने अवसर मिल्ने विश्वास दिलाए।