टी-ट्वान्टी लिगको निष्पक्ष छानविन गर्न पारस खड्काको माग



काठमाडौं,पुस १९ । नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले टी-ट्वान्टी लिगको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै यस्तो माग गरेका हुन् ।

‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थियो’, उनले लेखका छन्, ‘यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी २० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ ।’

उनले यो घटनाले खेलाडी तथा खेलप्रेमीहरुलाई चोट पुर्‍याएको भन्दै घटनाको छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्