नुवाकोटको ककनीमा एक पुरुषको हत्या

नुवाकोट,पुस २६ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १ मा घरायसी विवादका क्रममा भएको घटनामा एकजनाको हत्या भएको छ ।
ककनी गाउँपालिका वडा नम्बर १ ठुलो चित्रेमा घरायसी विवादमा स्थानीय ४० वर्षीय माइला तामाङ (काले)को ज्यान गएको हो ।
माइलाले आफ्नो श्रीमतीलाई कुटपिट गरेको भन्दै माइती पक्षले गरेको कुटपिटका क्रममा माइलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफ्नो चेलीबेटीमाथि आक्रमण गरेको भन्दै कुटपिट गर्ने माइती पक्षका केहिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।