पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यवाद : लिङ्देन



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यवाद दिएका छन् । अग्रजहरूलाई सम्मान गर्नु भनेको पश्चममन तर्फ लाग्नू नभएको पनि  उनले बताएका छन् ।

सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । पृथ्वी जयन्तीमा राप्रपाले चियापान कार्यक्रम पनि आयोजना गरेको छ ।

विगतमा सरकारी पात्रोमै सार्वजनिक विदा दिने गरिएको पृथ्वी जयन्तीमा गणतन्त्र पछि भने यो विदा कटौति गरिएको थियो । तर, व्यापक जनदवावका कारण पछि गृह मन्त्रालयको निर्णय मार्फत बिदा भने दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्