मध्यपहाडी राजमार्ग सात वर्षदेखि अलपत्र



काठमाडौं, पुस २७ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत खोटाङ चखेवाभञ्ज्याङ–सेखुवा सडकको १० किलोमिटर खण्ड सात वर्षदेखि अलपत्र छ ।

नेपाली कांग्रेस डोल्पा सभापति दिपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी सिद्धीसाई कन्ट्रक्सनसहित भारत कन्ट्रक्सनरमैनाचुली जेभीले ठेक्का लिएको निर्माण ठेक्का सम्पन्न नहुँदा २०७२ सालदेखि अलपत्र अवस्थामा रहेको हो ।

जसका कारण चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बाझैं बन्न पुगेको छ । स्थानीय तथा सो बाटो भएर यात्रा गर्नेले दिनदिनै सास्ती भोग्दै आएका छन् ।

जेभी कम्पनीले ३० फागुन २०७५ सम्म सम्पन्न गर्नेगरी २ चैत २०७२ मा कालोपत्रे सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्